काठमाडौँ — केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडलाई भारतमा सम्मान गरिएको छ । रोलर मिल एसोसिएसन अफ इन्डियाले आयोजना गरेको ‘द फ्युचर अफ मिलिङ भिजन २०३० एन्ड वियोन्ड’ सेमिनारमा दुगडलाई सम्मान गरिएको हो ।
भारतीय लोकसभाका सांसद प्रवीण खण्डेलवालसहित फेडरेसन अफ रोलर्स फ्लोर मिल इन्डियाका केन्द्रीय अध्यक्षलगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थितिमा दुगड सम्मानित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक ५ वर्षमा एक पटक आयोजना गरिने कार्यक्रममा भारतका ६ सयभन्दा धेरै मैदा, आँटा मिल, वैदेशिक राष्ट्रका मिलिङ कम्पनी, खाद्यान्न उत्पादन, खाद्य सुरक्षा, खाद्य व्यस्थापन एवं खाद्य प्रशोधन प्रविधिसँग सम्बन्धित कम्पनी र विशेषज्ञको सहभागिता थियो ।
