चैत ३ मा महिला नेतृत्व सम्मेलन

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Women's Leadership Conference on March 3

काठमाडौँ — नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन २०२५ आउँदो चैत ३ मा गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा परिसंघले सम्मेलन गर्न लागेको हो । सम्मेलनको आयोजना सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।

सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेस्टिङ इन वमन, बिवेन्ड बाउन्ड्रिज विषयमा सत्रगत छलफल हुने परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महिला नेतृत्व शिखर सम्मेलनमा परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । परिसंघले उद्योग, राजस्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद्/फोरम गठन गरी ततेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिँदै आएको छ ।

कान्तिपुर

Link copied successfully