काठमाडौँ — ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने योजना ल्याएको छ ।
सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक, बिमा शुल्कलगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत बैंकले छुट दिनेछ । अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीले भुक्तानीका लागि आवश्यक सम्पूर्ण कागजजात पूरा गरेपछि बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
