काठमाडौँ — डिजिटल भुक्तानी प्रदायक कम्पनी ई–सेवाले ‘होली केयर’ बिमा योजना ल्याएको छ । सहज र सुरक्षित तरिकाले होली मनाउन उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
योजनाअनुसार १० रुपैयाँमा उपलब्ध हुनेछ । यस योजनाले एक साताका लागि दुर्घटना र अस्पताल खर्च सुरक्षा प्रदान गर्ने कम्पनीले बताएको छ । योजनाले होलीमा हुन सक्ने आकस्मिक दुर्घटनाको खर्च कम गर्ने र सुरक्षित भएर होली मनाउन सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
