काठमाडौँ — चौधरी ग्रुपअन्तर्गत रहेको वेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ आयोजना गरेको छ । शिविर अवधिभर ग्राहकले जुनै ब्रान्डको एसी जाँच र मर्मत निःशुल्क रूपमा गराउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सर्भिसिङका साथै ग्राहकले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहे राम्रो मूल्यांकन गरी नयाँ खरिद गर्न विशेष सुविधासमेत उपलब्ध गराउनेछ । यसमा कम्पनीले पुरानो एसीमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र नयाँ वेको ब्रान्डको एसीसँग साट्न सक्नेछन् । नयाँ एसी खरिदमा ग्राहकले २० प्रतिशत र एसीको स्पेयर पार्टस्मा ५० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जानकारी दिएको छ ।
