काठमाडौँ — भिसाले फोन पेको सहकार्यमा स्क्यान टु पे सेवा सुरु गरेको छ । भिसाले नेपाल आउने पर्यटकलाई फोन पेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन उक्त सुविधा सुरु गरेको जनाएको छ ।
यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित र सहज बनाउने अपेक्षा रहेको कम्पनीले जानकारी दिएको छ । यो सहकार्यले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायमा भिसा
कार्डबाट भुक्तानी गर्न सकिनेछ । साथै भिसा प्रयोगकर्ताले डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका पर्यटकले नेपालमा फोन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
