काठमाडौँ — टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा नयाँ ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले हालै मात्र नेपालमा सार्वजनिक कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा टियागो ईभी सार्वजनिक गरेको हो । उक्त अवसरमा कम्पनीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापति र टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा उक्त गाडी सार्वजनिक गरिएको थियो ।
चितवनमा नयाँ गाडी सार्वजनिक गरिएसँगै ग्राहकले टाटाका ईभी गाडी २७ लाख ४९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्मका गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि जनकपुर र वीरगन्जमा उक्त गाडी सार्वजनिक गरेको थियो ।
