काठमाडौँ — नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाका ईभी गाडीहरू वीरगन्जमा सार्वजनिक गरेको छ । कम्पनीले वीरगन्जस्थित प्राइम मोटर्समा टाटाका कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी सार्वजनिक गरेको हो ।
कम्पनीले वीरगन्जमा रहेका ग्राहकलाई खरिदमा सजिलो होस् भनेर उक्त गाडीहरू सार्वजनिक गरेको जानकारी दिएको छ । उक्त सोरुममा ग्राहकले यी गाडीहरूको टेस्ट ड्राइभसमेत लिन सक्नेछन् ।
