सजिलो नेटको ब्रान्ड एम्बासडरमा गायक पंगेनी

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Singer Pangeni on Easy Net's brand ambassador

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेटले लोक गायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मंगलबार एक समारोहबीच गायक पंगेनी र कम्पनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले सजिलो नेट इन्टरनेट प्रविधिमा मात्र सीमित नभई संगीतलाई जोड्ने प्रमुख माध्यम रहेको बताए । यसैगरी गायक पंगेनीले यसका लागि कम्पनीलाई धन्यवाद व्यक्त गरे । कम्पनीसँग जोडिएर काम गर्न पाउँदा उत्साहित भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully