एसबीआई फाउन्डेसनद्वारा युवालाई प्रेरित गर्न ‘प्रभाव क्षेत्रमा क्यारियर’ सेमिनार आयोजना 

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

SBI Foundation organizes 'Career in Impact Sector' seminar to inspire youth

काठमाडौँ — स्टेट बैंक अफ इण्डिया समूहको सीएसआर शाखा, एसबीआई फाउन्डेसनले रोट्र्याक्ट नेपाल र एआईईएसईसी नेपालसँगको सहकार्यमा ‘प्रभाव क्षेत्रमा क्यारियर’ सेमिनारहरूको श्रृंखला आयोजना गरेको छ ।

फाउन्डेसनले फागुन २४ देखि २८ गतेको बीचमा उक्त श्रृंखला आयोजना गरेको हो । यस सेमिनारले युवालाई सामाजिक क्षेत्रमा धेरै अवसरहरूसँग परिचय गराउन सहयोग पुगेको विश्वास रहेको फाउन्डेसनले जनाएको छ ।

यस सेमिनारले युवा परिवर्तनकर्ता र प्रभावकारी भविष्यका अवसरबीचको खाडल पुर्ने प्रयास गरेको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully