काठमाडौँ — नेपाल र भारतका मैदा मिलबीच पारस्पर प्रविधि आदानप्रदान, प्राविधिक ट्रेनिङ कार्यक्रममार्फत प्राविधिक जनशक्ति उत्पादन, खाद्य सुरक्षालगायत विषयमा मिलेर अगाडि बढ्ने सहमति भएको छ ।
फागुन १९ र २० मा रोलर मिल एसोसिएसन अफ इन्डियाले आयोजना गरेको ‘द फ्युचर अफ मिलिङ भिजन २०३० एन्ड वियोन्ड’ सेमिनारमा नेपाल मैदा उद्योग संघले प्रतिनिधिमूलक सहिभागिता जनाएको थियो ।
सोही अवसरमा उक्त सहमति गरिएको हो । एसोसिएसनले प्रत्येक ५ वर्षमा एकपटक सेमिनार आयोजना गर्दै आएको छ । कार्यक्रममा भारतका ६ सयभन्दा धेरै मैदा आटा मिल कम्पनी तथा अन्य वैदेशिक राष्ट्रका मिलिङ कम्पनी, खाद्यान्न उत्पादन, खाद्य सुरक्षा, खाद्य व्यस्थापन एवं खाद्य प्रशोधन प्रविधिसँग सम्बन्धित कम्पनी र विषेशज्ञको सहभागिता थियो ।
