काठमाडौँ — सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिजबीच वित्तीय सुरक्षा सुनिश्चित गर्न सम्झौता भएको छ । ग्राहकको वित्तीय सुरक्षा सुनिश्चित गर्न र वित्तीय प्रणालीलाई स्थिर बनाउन बैंकले मनिपालसँग सम्झौता गरेको हो ।
सम्झौतापछि सम्पत्ति शुद्धीकरण निवारण प्रविधिको सुदृढीकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई कम गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको जनाएको छ । मनिपाल टेक्नोलोजिजले बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिनलर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउने जनाएको छ ।
