काठमाडौँ — नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ‘मेगा सर्भिस क्याम्प २०२५’ सम्पन्न गरेको छ ।
रोयल इनफिल्डको सर्भिस सेन्टर बालकुमारी, ललितपुरमा फागुन २३ देखि २५ सम्म क्याम्प आयोजना भएको थियो । क्याम्पमा ग्राहकका लागि विभिन्न विशेष सर्भिस अफर उपलब्ध गराइएको थियो । साथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट र श्रम शुल्कमा १० प्रतिशत छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । तीनदिने क्याम्पमा २ हजार जना ग्राहक सहभागी भएको र पाँचभन्दा बढीले मोटरसाइकलको सर्भिसिङ गराएको कम्पनीको दाबी छ ।
