काठमाडौँ — एनआईसी एसिया क्यापिटलले ‘अफर फर सेल–ओएफएस’ सञ्चालनमा ल्याएको छ । गैरआवासीय नेपाली र नेपालबाहिर बसोबास गर्ने नेपालीलाई लक्ष्य गर्दै क्यापिटलले उक्त डायस्पोरा खाता सञ्चालन ल्याएको हो ।
क्यापिटलले धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीको संस्थापक सेयर खरिदबिक्री गर्न सहज गराउन उक्त खाता सञ्चालन गरेको हो । यस खातामार्फत गैरआवासीय नेपाली तथा नेपालबाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहनेलाई क्यापिटलले गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
