जनकपुरमा टाटाका नयाँ गाडी

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

New Tata Cars in Janakpur

काठमाडौँ — टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा नेपालमा हालै सार्वजनिक कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी जनकपुरमा सार्वजनिक गरेको छ ।

जनकपुरमा नयाँ गाडी सार्वजनिक गर्न पाएकामा खुसी भएको कम्पनीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापतीले बताए । जनकपुरमा नयाँ गाडी सार्वजनिक गरिएसँगै ग्राहकले टाटाका ईभी गाडी २७ लाख ४९ हजारदेखि ५६ लाख ९९ हजार रुपैयाँसम्मका गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यी मूल्यमा ग्राहकलाई बजेटका एसयूभी गाडी खरिद गर्न सहज हुने बताइएको छ । 

कान्तिपुर

Link copied successfully