काठमाडौँ — म्याक लुब्रिकेन्ट्सले ‘एक्सेलेरेट एक्स्न : हर डे, हर वे’ नामक महिला राइडर्सको भेटघाट तथा र्याली कार्यक्रम आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कम्पनीले उक्त कार्यक्रम गरेको हो । उक्त र्याली थापाथलीस्थित सिप्रदी ट्रेडिङबाट सुरु भई ललितपुरको सातदोबाटोमा पुगी सम्पन्न भएको थियो । र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेतलगायत इन्फ्लुएन्सर तथा चर्चित महिला राइडर्स सहभागी थिए ।
