काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपालले आउँदो चैत १ देखि ४ सम्म पुष्पमेला गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ८२ स्टल रहने आयोजकले जनाएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय–२६औं फ्लोरा एक्स्पो’ नारा लिएर पुष्प मेला गर्न लागिएको हो । मेलामा उत्कृष्ट स्टल, उत्कृष्ट मौसमी फूलबीच प्रतिस्पर्धा गराइने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जनाए । प्रथम तथा उत्कृष्ट व्यवसायीलाई नगद तथा विभिन्न पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।
