सिटिजन्स र जननी फर्टिलिटीबीच छुट सम्झौता

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Citizens and Janni Fertility

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको कुपन्डोल स्थित जननी फर्टिलिटी क्लिनिकबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले क्लिनिकमा ५, औषधिमा १०, प्याथोलोजी टेस्टर र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले लिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully