काठमाडौँ — सामसङ नेपालले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न कम्पनीले उक्त रेफ्रिजेरेटर ल्याएको हो ।
कम्पनीका अनुसार आधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय र स्टाइलिस डिजाइन यसमा छ । यसमा एआई एनेर्जी मोड, स्मार्ट कनेक्सन, कन्भर्टेबल मोड र ट्विन कुलिङ प्लस जस्ता विशेषता छन् ।
नेपाली बजारमा सामसङको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ र ४१९ लिटर क्षमता गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १ लाख १२ हजार ९९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले सीमित अवधिका लागि भने एक लाख १ हजार रुपैयाँमा खरिद गर्न सकिने अफर ल्याएको बताएको छ ।
