काठमाडौँ — फोन पोले नयाँ अभियान ‘सक्षम नारी’ को सुरुवात गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ई–सेवा र एभरेस्ट बैंकसँगको साझेदारीमा फोन पेले उक्त अभियान सञ्चालन गरेको हो ।
फोन पेले महिलालाई वित्तीय समावेशी र आत्मनिर्भरमार्फत सशक्त बनाउन उक्त अभियान सञ्चालन गरेको हो । यो अभियान चैत १८ सम्म अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत फोन पेले महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण तथा स्रोत उपलब्ध गराइनेछ ।
