काठमाडौँ — लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दुर्गाप्रसाद हुमागाईं डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् ।
हुमागाईं लायन वर्ष २०२५–२०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन् ।
डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन लिडर हुमागाईं १९ वर्षदेखि लायन्समा सक्रिय रहेको जनाइएको छ । यसैगरी लायन वर्ष २०२५–२६ का लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।
इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईंले लायन वर्ष २०२५–२६ को डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिस्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिस्ट्रिक्ट चिफ एडभाइजरमा टीकाराम सापकोटा, डिस्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिस्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटरमा हसन कुमार गोपाली मनानीत गरेका छन् ।
