बेष्ट फाइनान्सको सीईओमा घर्ती

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Gharti as CEO of Best Finance

काठमाडौँ — बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बीएन घर्ती नियुक्त भएका छन् । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

घर्ती एक दशकपछि पुनः बैंकिङ क्षेत्रमा फर्किएका हुन् । यो कम्पनीमा गैरआवासीय नेपाली (एनआरएन)हरुको लगानी रहेको छ । उक्त फाइनान्समा गैरआवासीय नेपाली कतारका आरके शर्मा, जापानका रोविन्द श्रेष्ठ गोविन्द सहित नेपाली व्यवसायीको लगानी रहेको छ ।

बेष्ट फाइनान्सको सञ्चालक समितिको बैठकले चार वर्षको लागि सीईओमा नियुक्ति दिएको हो । करिब एक दशकअघि घर्तिी तत्कालीन किष्ट बैंकमा कामू सीईओ रहेका थिए । घर्तीले ‘बैंकिङ अनुशासन’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

सोही पुस्तक लेखेवापत घर्तीले यस वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए। 

कान्तिपुर

Link copied successfully