ई–सेवा र हिमालयन बैंकबीच विद्युतीय भुक्तानी सहकार्य

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Electronic payment collaboration between E-Sewa and Himalayan Bank

काठमाडौँ — डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउन साझेदारी भएको छ । यस साझेदारीपछि ई–सेवा प्रयोगकर्ता तथा बैंकका ग्राहकले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।

दुवै संस्थाका ग्राहकलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत साता एक औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरी यस सेवाको सुरुवात गरे । यस साझेदारीपछि अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै ई–सेवा वालेटमा रकम लोड गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी ई–सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवा वालेटमा भएको रकम बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

कान्तिपुर

Link copied successfully