काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र इलाइट डेन्टल स्टुडियोबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार काठमाडौंस्थित सामाखुसीमा रहेको उक्त डेन्टल स्टुडियोमा बैंकका ग्राहकले छुट पाउनेछन् ।
सम्झौतापछि बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले डेन्टल स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ । डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस किसिमको ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ ।
