बुटवलमा बीटूसी समिट सुरु

फाल्गुन २६, २०८१

सन्जु पौडेल

BTC Summit begins in Butwal

तिलोत्तमा — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजानमा बीटूसी समिट सुरु भएको छ ।दुई दिनसम्म चल्ने समिटको  सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

सूचना प्रविधिमा पहुँच नभएको व्यक्तिले कोरा शिक्षा हासिल गरेर  पछिल्लो  प्रतिस्पर्धात्मक समाजमा काम गर्न नसक्ने उनले बताए । ‘जहाँ सूचना प्रविधि जोडिएको हुँदैन, त्यो क्षेत्र आफैंमा पछि पर्दै जान्छ,' उनले भने, 'त्यसैले प्रविधिको नयाँ मोडल अंगीकार गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इनोभेसन प्रदर्शन गरिएको छ ।  समिट स्थलमा निःशुल्क प्रवेशको व्यवस्था छ । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully