यामाहाले सार्वजनिक गर्‍यो डब्लूआर १५५ आर

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Yamaha has unveiled the WR 155R

काठमाडौँ — यामाहा नेपालले डब्लूआर १५५ आर सार्वजनिक गरेको छ । अफ र अन गरी दुवै सडकमा कुदाउन डिजाइन गरिएको उक्त मोटरसाइकल आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

यसमा १५५ सीसी लिक्विड कुल्ड र भीभीए इन्जिन छ । यो नयाँ प्रविधिबाट तयार गरिएको र सबै भूभागमा कुदाउन सहज हुने कम्पनीको दाबी छ । डब्लूआर १५५ आरमा २४५ एमएम ग्राउन्ड क्लियरेन्स, २१ इन्चको फ्रन्ट ह्वील, राम्रो ब्रेकिङलगायत विशेषता छन् । 

कान्तिपुर

Link copied successfully