राजदूत बार्तोलीसँग व्यापार प्रवर्द्धन छलफल

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Trade promotion discussion with Ambassador Bartoli

काठमाडौँ — नेपालका लागि नवनियुक्त इटालियन राजदूत एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवालसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाहरूबारे छलफल भएको छ । उक्त अवसरमा राजदूत बार्तोलीले पर्यटन, पूर्वाधार तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी संघका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारी प्रवर्द्धन गर्ने संस्थाको भूमिकालाई पुष्टि गरे । 

कान्तिपुर

Link copied successfully