काठमाडौँ — टीसीएल नेपालले निःशुल्क सर्भिस तथा सर्भिस क्याम्प सुरु गरेको छ । गर्मी मौसमलाई ध्यानमा राख्दै कम्पनीले उक्त क्याम्प सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार फागुन २० देखि सुरु भएको क्याम्प सीमित अवधिका लागि मात्र मान्य हुनेछ । क्याम्प अवधिभर ग्राहकले कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र सर्भिसिङ गराउन सक्नेछन् । क्याम्पमा एक्सचेन्जको पनि सुविधा छ । ग्राहकले कुनै पनि ब्रान्डको एसी एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जमा एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट र पुरानो एसीमा ५० प्रतिशतभन्दा बढी मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।
