काठमाडौँ — नेपालका लागि एमजी मोटर्सको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यसले विद्युतीय सवारीसाधन सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
एमजी एस ५ ईभीमा आधुनिक प्रविधि र सुधारिएको प्रदर्शन छ । एमजी एस ५ ईभी कम्फर्ट र डिलक्स दुई भेरिएन्टमा उपलब्ध छन् । दुवै भेरिएन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ । यसले अधिकतम् २५० न्युटन मिटर टर्क उत्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसमा ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर छ । यसैगरी डिलक्स भेरिएन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य भने ५४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
