ग्लोबल आईएमई बैंकको ‘म उद्यमी कर्जा’ 

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Global IME Bank's 'Me Entrepreneur Loan'

काठमाडौँ — ग्लोबल आईएमई बैंकले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित उक्त कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।

यसले रोजगारी, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने भन्दै बैंकले उक्त कर्जा ल्याएको हो । योजनाअन्तर्गत बैंकले आकर्षक सुविधासहित न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्नेछ ।

कान्तिपुर

Link copied successfully