टीभीएस अपाचेको ‘एक लाख सेलिब्रेसन डे’ मनाइँदै 

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

TVS Apache's 'Ek Lakh Celebration Day' is being celebrated

काठमाडौँ — टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक शंकर ग्रुपको जगदम्बा मोटर्सले टीभीएस अपाचेको ‘एक लाख सेलिब्रेसन डे’ मनाउने जनाएको छ ।

उक्त अवसरमा कम्पनीले एक्सचेन्ज मेनियासमेत आयोजना गर्ने जानकारी दिएको छ । फागुन २३ देखि २६ गतेसम्म आयोजना हुने एक्सचेन्ज मेनियामा ग्राहकले आफ्ना पुराना बाइक नयाँ टीभीएस अपाचेका मोडलसँग साट्न सक्नेछन् । कार्यक्रमअन्तर्गत ग्राहकले दुई वर्ष निःशुल्क स्पेयर पाटर््स, इन्जिन आयल र सर्भिसको सुविधा लिन सक्नेछन् । यो कार्यक्रममा ग्राहकले पुरानो बाइकको मूल्यांकनमा दस हजार रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने र ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्न सकिने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully