बजारमा सेन्साईका कुलर

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Sensei's coolers in the market

काठमाडौँ — चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्रान्डले नेपाली बजारमा कुलरहरू ल्याएको छ । गर्मी महिनालाई लक्षित गर्दै कम्पनीले कुलरहरू ल्याएको जनाएको छ ।

योसँगै अब बजारमा सेन्साईका विभिन्न क्षमता र मोडलका डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलर बजारमा पाइनेछन् । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ कम्पनीले नयाँ कुलर भित्र्याएको हो । जापानिज प्रविधिबाट निर्मित यी कुलरमा इन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, फोर वे सुइङ डिफ्लेक्सन, आइस च्याम्बर, वाटर लेबल इन्डिकेटरलगायत विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully