एनआईसी एसिया बैंकले ५ अर्बको अविमोच्य अग्राधिकार सेयर जारी गर्ने 

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

NIC Asia Bank to issue 5 billion unredeemable preference shares

काठमाडौँ — एनआईसी एसिया बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको बिहीबार सम्पन्न २७ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

यो निर्णयसँगै बैंकले प्रतिसेयर सय रुपैयाँका ५ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully