यामाहाको ‘मेगा सर्भिस क्याम्प’

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Yamaha's 'Mega Service Camp'

काठमाडौँ — यामाहा नेपालले ‘मेगा सर्भिस क्याम्प’ आयोजना गरिरहेको छ । गत आइतबारदेखि सुरु भएको सर्भिस क्याम्प फागुन २४ सम्म जारी रहने यामाहाले जनाएको छ ।

दक्ष विशेषज्ञ सेवा र यामाहाका ग्राहकका लागि आकर्षक अफर सुनिश्चित गर्न सर्भिस क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सर्भिसमा छुटसमेत उपलब्ध गराउने बताइएको छ । जसमा ग्राहकले ल्युबमा १५, स्पेयर पार्ट्समा १० र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनेछन् ।

अफरका अवसरमा सर्भिसिङ गराए बाइक तथा स्कुटरको वास नि:शुल्क गरिदिने र सुरक्षा तथा दक्षता बढाउन १५ पोइन्ट चेकअप गरिदिने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully