काठमाडौँ — नेपालको सडकमा पाँच सयभन्दा बढी डोङफेङ नामी ब्रान्डका कार गुडिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले उत्कृष्ट कोसेढुंगा पार गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । यसले नेपालको बजारमा विद्युतीय सवारीको क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्ने प्रतिबद्धता झल्केको कम्पनीको दाबी छ ।
नामीमा नयाँ डिजाइन, उन्नत सुविधा र फ्युचरिस्टिक फिचरले गर्दा ग्राहक कारमा आकर्षित भएको कम्पनीको भनाइ छ । साथै नामी कारमा लेभल २ एड्यास स्ट्यान्डर्ड सुरक्षा प्रणाली, १२.८ इन्चको इन्फोटेनमेन्ट कन्सोल, अनुपम आराम र नवीनतम प्रविधि जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
