काठमाडौँ — नेपाल बिजनेस समिटको दोस्रो संस्करणका लागि नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले सहकार्य गर्ने भएका छन् ।
काठमाडौंमा ७ वैशाख २०८२ सालमा आयोजना हुने उक्त समिटको आयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि छ । एक समारोहबीच सोमबार एनसीसी र एनबीआईबीच बिजनेस समिटका लागि सम्झौता भएको हो ।
सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग तथा व्यावसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रको उदाउँदो विषयमा केन्द्रित रहेर अन्तरक्रिया रहने जनाइएको छ ।
