काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ ।
कम्पनीले नयाँ तथा सेवा नवीकरण गर्ने १० जना भाग्यशाली ग्राहकलाई आइफोन १६ दिने घोषणा गरेको हो । वर्ल्डलिंकले ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा सेवा लिने र नवीकरण गर्ने हरेक दिन एक जना ग्राहकले आइफोन पाउने जनाएको छ ।
इन्टरनेट सेवालाई कम्पनीले फागुनको अन्त्यसम्म १० लाख घरधुरी पुर्याउने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
