काठमाडौँ — सांग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटर टी ०३ सार्वजनिक गरेको छ । उक्त अवसरमा कम्पनीका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालमा नवीनतम र दिगो विश्वस्तरीय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाएकामा खुसी व्यक्त गरे ।
लिपमोटर टी ०३ मा ३७.३ किलोवाट ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसले कम्बाइन्ड साइकलमा २६५ र अर्बन साइकलमा ३९५ किलोमिटर रेन्ज प्रदान गर्छ । साथै यसमा स्मार्ट र सुरक्षित ड्राइभिङ लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश रहेको कम्पनीले बताएको छ ।
