नेपाल एसबीआई बैंकलाई ‘एचआरएम नेपाल अवार्ड’

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

'HRM Nepal Award' to Nepal SBI Bank

काठमाडौँ — नेपाल एसबीआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने वाणिज्य बैंक विधाअन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको योगदानका क्लबले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

हालै आयोजित एक समारोहबीच बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully