कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच छुट सम्झौता

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Kumari Bank and Tesla Diagnostic Clinic

काठमाडौँ — कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार काठमाडौंको बालुवाटारस्थित रहेको उक्त क्लिनिकबाट प्रदान गरिने सेवामा बैंकका ग्राहकले ५ देखि १० प्रतिशत छुट पाउनेछन् । क्लिनिकको प्याथोलोजी टेस्ट सेवामा ग्राहकले १० प्रतिशत छुट पाउँछन् ।

साथै, एमआरआई, एक्सरे, अल्ट्रासाउन्डलगायत सेवामा ग्राहकले ५ देखि १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully