बीवाईडीको हाई–टेक विक

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

BYD's Hi-Tech Week

काठमाडौँ — नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक गरेको छ ।

बीवाईडी हाई–टेक विकमा कम्पनीले न्यु इनर्जी भेहिकल प्रविधिमा उपलब्ध आधुनिक प्रगति प्रदर्शनी गरिएको थियो । चीनबाहिर पहिलो पटक यस्तो बीवाईडीको हाई–टेक प्रदर्शनी गरिएको कम्पनी साइमेक्सले जनाएको छ । उक्त कार्यक्रममा दर्शकले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएको कम्पनीको भनाइ छ ।

सो अवसरमा कम्पनी बीवाईडीले विश्व बजारमा कोसेढुंगा पार गरेको उल्लेख गरेको छ । यसैगरी नेपालमा १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को डेलिभरी भएको समेत कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully