दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ सुरु

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Test drive of Deepal, Nami and Ceres EV begins

काठमाडौँ — नेपालका लागि दिपल, नामी र सेरेस ईभी गाडीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौंको नक्सालमा ईभी टेस्ट ड्राइभ (ईभी कार्निभल) सुरु गरेको छ ।

ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडलमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाट चार्जर, एसेसरिज, सडक कर र सवारी बिमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले कार्निभलमा आठ वटा रिकन्डिसन हाउसबाट पुरानो गाडीको रिकन्डिसन मूल्य पाउनेछन् । टेस्ट ड्राइभ र भ्यालुएसनमा उपहार समेत प्राप्त गर्नेछन् ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप प्रदर्शनीमा छ । ग्राहकले १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कार्निभल अवधिभरमा हरेक दिन बुकिङ गर्ने एक जोडी ग्राहकले नगरकोटस्थित एक भिल्लामा बस्ने र एक ग्राहकले आईफोन १६ प्रो म्याक्स पाउने कम्पनीले उल्लेख गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully