सतुंगलमा कजारियाको शोरुम सञ्चालन

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Operation of Kajaria showroom in Satungal

काठमाडौँ — भारतको टायल निर्माता कम्पनी कजारियाले काठमाडौंको सतुंगलमा शोरुम सञ्चालनमा ल्याएको छ । श्री साई इन्टरप्राइजेजले सञ्चालन गरेको उक्त शोरुमले गुणस्तरीय टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको उत्पादक कम्पनी कजारियाले जनाएको छ ।

शोरुमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र वडा ११ का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले संयुक्त रूपमा गरे । रमेशकर्प र भारतको 

टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्योग कजरिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully