काठमाडौँ — विद्युतीय गाडी दीपल, नामी र सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ईभी कार्निभल आयोजना गरेको छ । कार्यक्रमा दिपलको चर्चित मोडल एस ०७, एस ०७ एल, एल ०७ का साथै नामी बक्स र सेरेस थ्रिको गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।
कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स पाइने आयोजकले बताएको छ । नामी र सेरेसका बजार व्यवस्थापक विराज श्रेष्ठले काठमाडौं उपत्यकाभित्र यसका आठवटा रिकन्डिसन हाउसहरु रहेको बताए । उनले नेपालमा कम्पनीको ९४ स्थानमा चार्जिङ स्टेसन रहेको बताए ।
आइतबारदेखि नक्सालको अम्रपाली ब्यैंक्वैटमा सुरु भएको कार्निभल फागुन २१ गतेसम्म चल्नेछ ।
- अभिषेक अधिकारी (प्रशिक्षार्थी)
