काठमाडौँ — एनसेलले ‘म्याजिक रिसोर्सेस’ बोनस अफर ल्याएको छ । अफरअनुसार ग्राहकले कुनै प्याक किन्दा निःशुल्क रूपमा बोनस रिसोर्स–डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् ।
म्याजिक रिसोर्सेस बोनस अफरअन्तर्गत ग्राहकहरूले रिन्युअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सकिने एनसेलले जनाएको छ ।
यो बोनस अफर एस्ट्रिक्स१२३ ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकका लागि मात्र मान्य हुनेछ । अफरअन्तर्गत समावेश सधैं अन रिन्युअल प्याकमा ग्राहकले ५ देखि ७.५ जीबीसम्म डेटा वा २० देखि ८० मिनेटसम्म अन–नेट टक टाइम वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउनेछन् ।
