काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा पुगेको जनाएको छ । बैंकको फागुन १५ मा सम्पन्न ३८औं वार्षिक साधारणसभाले उक्त खुद नाफा आर्जन गर्न सकेको जानकारी दिएको हो ।
यसैगरी बैंकको कुल निक्षेप ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । साथै आव २०८०/८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ अर्ब १८ खर्ब रुपैयाँ पुगेको छ ।
उक्त सभापछि भएको निर्वाचनमा संस्थापक समूहतर्फबाट पृथ्वीबहादुर पाँडे, दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्यलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सर्वसाधारण सेयरधनीको समूहका तर्फबाट सञ्चालक समितिमा कविकुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
