बुटवलमा निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक

फाल्गुन १६, २०८१

सन्जु पौडेल

Nissan's Magnite facelift launched in Butwal

तिलोत्तमा — नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले बुटवलमा निसानको नयाँ गाडी म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको गाडीको मूल्य ३४ लाख ७५ हजार रुपैयाँ रहेको छ । 

५३ लाख मूल्यसम्मका ४ वटा भेरिएन्टमा उपलब्ध रहेको म्याग्नाइट फेसलिफ्ट बजारमा ल्याएको पायोनियर बुटवल शाखाका वरिष्ठ प्रबन्धक आशिष दाहालले बताए । उनका अनुसार भिसिया, एसेन्टा, एन कनेक्टा र टेक्ना प्लस गरी ४ वटा भेरिएन्टमा निसानको म्याग्नाइट फेसलिफ्ट पाउन सकिन्छ । यस गाडी १३ वटा फरक कन्फिगरेसनमा उपलब्ध रहेको तथा टर्बो पेट्रोल र नेचुरली एस्पिरेटेड इन्जिनहरु साथै म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प समेत समावेश गरिएको दाहालले जानकारी दिए । 

म्याग्नाइट फेसलिफ्टमा बोल्ड डिजाइन, उन्नत सुरक्षात्मक विशेषता र आधुनिक प्रविधि जडान गरिएको दाहालले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully