काठमाडौँ — डिजिटल वालेट आईएमई पेले यूएईबाट बोटिम एममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार उक्त अफर २०८१ चैत १५ सम्म मात्र लागू हुनेछ ।
साथै सोही अफरअन्तर्गत १० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने १० जना ग्राहकले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।
उक्त एपमार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउनका लागि दुई कम्पनीबीच सम्झौता पनि भएको जनाइएको छ । आईएमईको उक्त नयाँ सेवाले यूएईमा रहेका नेपालीलाई रकम पठाउन सहज भएको जनाएको छ ।
