काठमाडौँ — एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले ‘एक देशमा : पारस खड्का’ कार्यक्रम आयोजना गरेको छ । मंगलबार ललितपुरको झम्सीखेलमा आयोजना उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का प्रमुख वक्ता थिए ।
उनले कार्यक्रममा क्रिकेटमा आउँदा गर्नुपरेको सुरुवाती संघर्ष, सन् २०१४ को आईसीसी टी२० विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडीआईको मान्यता दिलाएको सफलता, खेल प्रशासनमा संलग्नता र ब्रान्ड एन्डोर्समेन्ट यात्राबारे आफ्नो अनुभव प्रस्तुत गरे ।
नेपालको विज्ञापन र मार्केटिङ समुदायका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा एड क्लबले नयाँ विचार, नवप्रवर्तन र उद्योग सम्बन्ध सुदृढ गर्ने काम गरिरहेको जनाएको छ ।
