बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम 

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Dipal's state-of-the-art showroom in Butwal

काठमाडौँ — नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले बुधबारबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडब्लू वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रूपमा गरे । यसै अवसरमा ट्रान्सफर्मर एसयूभी दिपल ई ०७ को बिक्री पनि सुरु गरेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully